नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ३ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आज नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७६/७७ का लागि ८.२४ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा ८ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए।

सोही ८ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

तपाईको प्रतिक्रिया