सेञ्चुरी कमर्सियल बैंकको मोबाईल बैकिङ एप सेञ्चुरी पेबाट अनलाईन आन्तरिक रेमिटन्स सेवा पनि प्रदान गर्न सकिने भएको छ । बैंकले सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) का लागि मोबाईल बैकिङ एपमा थप गरेको हो ।

मोबाइल बैंकिङ एपमा सो सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सकिने जनाएको छ ।

आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ । यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटन्स रकम संकलन गर्दै आएको छ । यस्तै, बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी १६० स्थानबाट कारोबार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया