
केही समय देखि शेयर बजार निरन्तर रुपमा घटी रहेको छ । बजार तीब्र गतिमा घट्नु पर्ने कूनै खास कारण भने देखिदैन । बजारमा चल्ने अनेक हल्लाको पछि लागेर हतोत्साहित नहुन नयाँ तथा आम लगानीकर्ताहरुमा आग्रह गर्दछौँ । रातपछि दिन आउँछ भनेझै शेयर बजार पनि घटेपछि बढ्ने निश्चित छ । यो समय भनेको शेयर बजारको लागि माना रोपी मुरी फलाउने समय हो ।
त्यसैले अहिले कोहि लगानीकर्ता पनि प्यानिक हुनुपर्ने अवस्था छैन र प्यानिक नहन सम्पूर्ण लगानीकर्ताहरुमा आग्रह गर्दछौं । बजार अलिकति बढ्ने बित्तिकै विज्ञप्ती निकाल्न हतारिने सम्बन्धित निकायहरु बजार निरन्तर ओरोलो लाग्दा भने कोहि चुईंक्क बोलेको पाईंदैन । पूँजी बजारको विकासको लागि सम्बन्धित निकायहरुलाई जिम्मेवार हुन र बजारको विषयमा तत्काल
सम्बोधन गर्न ध्यानाकर्षण गर्न चाहान्छौं ।
अन्त्यमा, अहिले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, राष्ट्र बैंक, अर्थमन्त्री लगायत सबै बजारको बारेमा सकारात्मक रहेकोले बजार सुधार हुने निश्चित प्रायः छ । बजारको सुधारको लागि र आम लगानीकर्ताको हितको लागि तपाईं हाम्रो संगठन “स्वतन्त्र पूँजी बजार सुधार संघ” सदा प्रतिवद्ध रहने छ ।