सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुकक्लोज मिति तोकेको छ।
बैंकले १५ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ असोज २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ।
यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

Online Arthik










