
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ९४ करोड ३० लाख रुपैयाँ कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँबराबरको बोनस सेयर र ६ प्रतिशतले हुन आउने ५ करोड ६५ हजार ८० हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।