नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ३.५ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले निर्णय गरेको छ।

Online Arthik










