गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले कार्तिक २२ गते सोमबार दिनको ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा छैठौं वार्षिक साधारण सभा बोलाएको हो।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६.९०६४ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार रुपैयाँ नगद लाभांश साधारण सभाबाट पारित गर्नेछ।
यस्तै, लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले कार्तिक ८ गते बुकक्लोज गर्नेछ। त्यस अनुसार कात्तिक ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्रै लघुवित्तको बोनस शेयर पाउनेछन्।

Online Arthik










