नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। बैंकले कुल लाभांशलाई कायमै राखी बोनस शेयर र नगद लाभांश दरमा परिवर्तन गरेको हो। बैंकले अब शेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसअघि पनि बैंकले कुल १६ प्रतिशत नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यद्यपि, त्यसमा ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश थियो।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको जनाएको छ। कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँ छ। १२.६११ प्रतिशतका दरले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ पुग्नेछ।

Online Arthik










