गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुवैले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि कात्तिक २३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ का लागि कुल ५.७८९९ लाभांश प्रस्ताव गरेको छ। जसमा ५.५ प्रतिशत बोनस र ०.२८९ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको आउँदो मंसिर १० गते हुने ११ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी एनआईसी एसिया लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि ५.४१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको आउँदो मंसिर ५ गते हुने चौथो वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया