नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.२० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४६.२८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १९.२६ प्रतिशत र कर्जा उल्लेख्य बढेको छ।

नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँबाट १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ७४.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया