मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २४ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा संस्थालाई १३ लाख ५९ हजार रुपैयाँ घाटा भएको थियो।
यो अवधिमा संस्थाले ३९ लाख ३० हजार रुपैयाँ सञ्चालन मुनाफा भएको छ। गत वर्ष यही अवधिमा संस्थालाई २७ करोड ३० लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १९.६२ प्रतिशतले बढेर २ करोड ४८ लाख रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिमा २ करोड ७ लाख रुपैयाँमा सीमित थियो।
प्रथम त्रैमासमा संस्थाले ४४ करोड ८० लाख रुपैयाँ सापटी लिई १ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३२ करोड ११ लाख रुपैयाँ सापटी लिई ८३ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ४२.६७ प्रतिशतले बढेर ४ करोड ३१ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा २ करोड ७२ लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.८६ रुपैयाँ रहेको छ। पीई रेसियो ४६.३६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३९.४७ रुपैयाँ रहेको छ।

Online Arthik










