ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










