कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १३ प्रतिशतले हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६.३५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। संस्थाको चुक्तापुँजी २७ करोड ६८ लाख ८० हजार ८९५ रुपैयाँ रहेको छ।
प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

Online Arthik










