समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित मिराबेल रिपोर्ट एन्ड होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर संरचना ७०ः३० (सस्थापकःसर्वसाधारण) कायम हुने गरी पुनः सर्वसाधारणका लागि एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि छलफलले अनुमोदन गर्नेछ।

सभामा गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया