मेगा बैंक लिमीटेड र ग्लोबल आइएमई लघुवित्तले घोषणा गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । मेगा बैंक लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरणका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३० करोड ३३ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरणको योजना बनाएको छ ।

प्रस्तावित लाभांश अनुमोदनका लागि आगामी मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा आह्वान भइसकेको र लाभांश सुरक्षित गर्नका लागि मंसिर १४ गतेलाई बुक क्लोज मिति तोकिएको छ । यसको अर्थ बैंकको लाभांश प्राप्त गर्नका लागि आजसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

आज मेगा बैंकको सेयर किनेर सेयरधनी कायम भएकाहरुले बैंकको वार्षिक साधारणसभामा समेत सहभागी हुन पाउनेछन् । बैंकको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता रु.३२३ रहेको छ ।

यसैगरी, मंसिर २८ गतेका लागि नै वार्षिक साधारणसभा आह्वान गरेको ग्लोबल आइएमई लघुवित्तले समेत मंसिर १४ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।

यो कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीका लागि २८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । सो लाभांश प्राप्त गर्न योग्य बन्नका लागि यो कम्पनीको सेयर पनि आजै किनिसक्नुपर्नेछ ।

यो कम्पनीले १२ करोड ८ लाख मूल्य बराबरको बोनस सेयर वितरण गर्ने योजना बनाएको हो । यो कम्पनीको सेयर आजै किन्नेहरुले प्रस्तावित लाभांश समेत पाउनेछन् र वार्षिक साधारणसभा समेत उपस्थित हुनसक्नेछन् । यो कम्पनीको दोश्रो बजारको अन्तिम बिक्री मूल्य रु. २१८५ रुपैयाँ प्रतिकित्ता रहेको छ ।

तपाईको प्रतिक्रिया