सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस १० गते आयोजना गर्ने निर्णय गरेको हो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले पुस १ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

Online Arthik










