लुम्बिनी विकास बैंकको आर्थिक वर्ष २०७७/७८ को लाभांश सुरक्षित गर्ने आज मंसिर २६ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो पुस ९ गते हुने १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

तपाईको प्रतिक्रिया