नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक स्थापनाको २५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। गत २८ असोज २६ औँ वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो। यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ।

मंसिर २८ गते बैंकले वार्षिकोत्सवका अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम राखेको थियो।

सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह–अवरोह पार गर्दै २५ औँ वर्षमा पार गरेको छ।

२५ औँ वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिति थप बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताए। उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न  बैंकको प्राथमिक दायित्व भएको बताए।

कर्मचारीलाई सम्बोधन गर्दै सीईओ अर्यालले इमान्दारिताताका साथ काम गर्नका लागि आग्रह गरे। आफू पनि तल्लो पदबाट सीईओसम्म बन्न सफल भएको भन्दै उनले अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नका लागि आग्रह गरे।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सबल तथा सक्षम संस्थाका रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यका रुपमा लिनुपर्ने बताए।

बैंकका सञ्चालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरेका थिए।

बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ। जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहनु भएको छ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ।

तपाईको प्रतिक्रिया