नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नती भई  बिहिबारदेखि पुन सञ्चालनमा आउने भएको छ।
केवुलकार सेवा गएको पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहेको थियो । मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि केबुलकार सेवा बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया