
एनसीसी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम मौका रहेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंक गत आर्थिक वर्षका लागि कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
प्रस्तावित लाभांशमा बैंकको यही पुस २४ गते हुने २९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।