ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघ २१ गते, शुक्रबार, आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौँमा १२ औँ वार्षिक साधारण सभा डाकेको छ।

बिहान ११ बजे शुरु हुने सो सभामा भर्चुअल माध्यमबाट पनि सहभागि हुन सक्ने व्यवस्था गरेको छ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट ५ जना तथा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार माघ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया