
हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा बोनस शेयर तथा नगद लाभांश जम्मा गरेको छ। कम्पनीले गत पुस २८ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाले पारित गरेको ७५ प्रतिशत बोनस शेयर हितग्राही खातामा तथा २५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। कम्पनीले बोनस शेयर फागुन २ गतेदेखि र नगद लाभांश फागुन ४ गतेदेखि शेयरधनीहरुको खातामा जम्मा गरेको हो।
हालसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन कम्पनीले अनुरोध गरेको छ। कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरिएको छ।