नेशनल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न इन्स्योरेन्सले फागुन २९ गते ३३ औँ वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सले आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट,काठमाडौँमा वेबिनार मार्फत बिहान १०ः३० बजे सभा डाकेको हो।

सभाले लाभांश प्रस्तावका साथै अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउन प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा अध्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया