नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १२.६६१ प्रतिशत बोनस शेयर, शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने भएको छ।
बैंकले मंसिर ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पठाउन लागेको हो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।
मंसिर १७ गते सम्पन्न बैंकको ३५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ।
बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik










