बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चैत ४ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १२ः३० बजे शुरु हुनेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले फागुन २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया