
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज फागुन २२ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद निष्कासन गर्ने गरेको छ।
आइएमई समूहको मुख्य लगानी रहेको कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्न लागेको छ।
गत माघ २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रद खरिद आवेदन पाउनेछन्। यो हकप्रद खरिदका लागि सेयरधनीहरुले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
यो कम्पनीको हकप्रद ‘मेरो सेयर’बाट भर्न सकिन्छ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
हकप्रद प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।