
बैशाख १६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ७९ रुपैयाँ १७ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर सोमबार इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले बैशाख २८ गते २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा लैनचौर बैङक्वेट लैनचौरमा बिहान १०ः३० बजेदेखि शुरु हुनेछ।
सभाले कम्पनीको प्रबन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी दई अर्बबाट वृद्धि गरि ५ अर्ब कायम गर्ने गर्दै चुक्ता पूँजी एक अर्ब ३३ करोड ३६ लाख रुपैयाँ कायम भएको विशेष प्रस्ताव पारित गर्नेछ।