नेपालका एकमात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ले यही मे १५ मा सगरमाथाको सफल आरोहण गरेका छन्। उनले गत अप्रिल ११ बाट आरोहण सुरु गरेका छन्। उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गरेकी छन्।

सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यलयमा गत अप्रिल ९ मा एक कार्यक्रम आयोजना गरी कम्पनीका निर्देशक हर्ष संघाईले शुभकामनाका साथै रोयल इनफिल्डको झन्डा पनि प्रदान गरेका थिए।

गुफीले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झन्डा सफलतापूर्वक पुर्याई फहराएका छन्।

बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभले नेपालभर बिक्री अनुमति पाएको हो । कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सञ्जाल विस्तार कार्य सुरु गरिरहेको छ।

तपाईको प्रतिक्रिया