नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै अन्तिम चारमा प्रवेश गरेको हो।

वर्षाको कारण ढिला सुरु भएको खेललाई ७ओभरमा छोट्याइएको थियो ।

किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनयाो । बहराइनकी ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि कविता कुँवर र सवनम राईले २/२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्।

१५ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ३ दशमलव ४ ओभरमा पूरा गर्‍यो। सीता रानामगरले ४ र कविता जोशीले ३ रन जोडिन् । नेपालले अतिरिक्त ८ रन पाएको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।

यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ।

तपाईको प्रतिक्रिया