सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन ।
सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु। १,००,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।
बैकले हाल देशभर एक सय ४५ शाखा,१० एक्सटेन्सन काउन्टर, २४ शाखाहित बैकिङ र एब सय १५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । यस खाता सम्बन्धि थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध छ ।

तपाईको प्रतिक्रिया