हिमालयन हाइड्रोपावर लिमिटेडले आज असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता ९२ प्रतिशत० कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता ९५ प्रतिशत सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको हो। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको छ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको ‘मेरो सेयर’बाट पनि आवेदन दिन सकिनेछ।
आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको यो आईपीओको निष्कासन बन्द छिटोमा असार १९ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ।

तपाईको प्रतिक्रिया