
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज ९असार ३० गते० बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा अप्पर सोलु हाइड्रोको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे राखिएको थियो।
यो कम्पनीले गत असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये सामूहिक लगानी कोष ९७ हजार ८७५ कित्ता ९५ प्रतिशत० र ३९ हजार १५० कित्ता ९२ प्रतिशत० कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओमा १४ लाख ४६ हजार ९८५ आवेदकबाट कुल १ करोड ६१ लाख ८६ हजार ५५० कित्ता सेयर माग भएको थियो। तीमध्ये १४ लाख ४५ हजार १९४ आवेदकबाट परेको १ करोड ६१ लाख ६० हजार ३८० कित्ता सदर भएको छ भने १ हजार ७९१ आवेदकबाट परेको २६ हजार १७० कित्ता सेर बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल र धितोपत्र निष्कासनकर्ता कम्पनी अप्पर सोलु हाइड्रोपावरको वेबसाइटमार्फत हेर्न सकिनेछ। सीडीएससीको ष्उयचभकगति।अमकअ।अयm।लउ बाट नतिजा हेर्न सकिनेछ।