
गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.१ बस्ने, शेष अनसारुल हक को मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
साथै तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं. २ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बु लाई मृत्यु दावी वापत जम्मा रकम १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छकम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी दिए । साथै उनले यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।