सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौंता सम्पन्न भएको जानकारी गराउँन चाहन्छौं । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सात सदस्यीय सञ्चालक समिति रहने जसमा चारजना प्रभु बैंकबाट तीन हालको सेञ्चुरी बैंकबाट रहने भएका छन् ।
प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका वर्तमान सीईओ अशोक शेरचन हुने भएका हुन् ।
मर्जर पश्चात एकिकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ । यस्तै, अवितरित नाफा ९रिटेन्ड अर्निङ० करिब २ अर्ब १० करोड र संचित कोष ९रिजर्भ० ७ अर्ब ३५ करोड हाराहारी रहेको छ ।

तपाईको प्रतिक्रिया