मनकामना दर्शन प्रा लि का निर्देशक तथा मनकामना केबुल कारका सञ्चालक राजेशबाबु श्रेष्ठ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष पदमा नियुक्त भएका छन्।
नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्षसमेत रहेका श्रेष्ठलाई उक्त समितिको अध्यक्ष नियुक्त गरिएको पत्र सोमबार दिइएको हो। पत्रमा फेडेरेसनका अध्यक्ष पौल चुआले हस्ताक्षर गरेका छन्।
शारीरिक सुगठन खेलको विकास र प्रवर्द्धन गर्न श्रेष्ठको निरन्तर योगदान, जाँगर र सहयोगबाट प्रभावित भई फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त गरिएको उल्लेख छ।

Online Arthik










