नेपाल स्टक एक्सचेन्ज (नेप्से)को हिजोबाट निर्णयबमोजिम आजबाट हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। यसअघि धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्से गत साउन १४ गतेबाट यो कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो।

साउन ३ गते कारोबार समयमा हिमाल दोलखा हाइड्रोपावरको सञ्चालक समितिको बैठकले १०.७५ हकप्रद जारी गर्ने विशेष प्रस्तावसहितको वार्षिक साधारणसभा र बुक क्लोजको मिति तय गर्दै नेप्सेलाई दिउँसो २.५२ बजे जानकारी गराएको थियो। नेप्सेले कम्पनीले बुक ५२ बजे जानकारी गराएको थियो। नेप्सेले कम्पनीले बुक क्लोजको मिति साउन १९ गते तोकी सोको जानकारी समयमै दिन नसक्नुबारेमा चित्तबुझ्दो जबाफ पठाउन ७ दिनको समयसीमा दिएको थियो।

कम्पनीले साउन १५ नेप्सेमा पत्र पठाउँदै अबका दिनमा त्यस किसिमको गल्ती र कमीकमजोरी नहुने जानकारी गराएको थियो। कम्पनी पत्र प्राप्त भएसँगै नेप्सेले पुनः बुक क्लोजको मिति तय गरी पठाउन निर्देशन दिँदै सेयर कारोबार फुकुवा गरेको हो।

 

 

तपाईको प्रतिक्रिया