
एनएमबि बैंक लिमिटेडको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
सो अवधिसम्ममा बैंकले ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेको छ भने जगेडा कोष १६.०६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ।