नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको थियो । जीवन बीमा गरिसकेका ४९२ जना विमित संग गरिएको सर्भेमा १९० जना महिला र ३०२ जना पुरुष सहभागि थिए । प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्भेमा समावेश गरिएको थियो। पचास जना सहयोगि कर्मचारीहरुलाई सहभागि गराइएको सर्भेको तथ्याङ्कहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको पाइन्छ । बीमा समितिले दिएको तथ्याङ्कमा बीमाको कभरेज १० वर्ष भित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको छ । कभरेज बढे अनुसार दवावमा ९फोर्सफुल० बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको छ

तपाईको प्रतिक्रिया