मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।

वित्तीय आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घट्न पुगेको हो।

असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीले सो अवधिसम्ममा ५ करोड ७५ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ भने कुल आम्दानी ५ करोड ७६ लाख रुपैयाँ रहेको छ।

६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष सो अवधिसम्ममा ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नोक्सानी घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा केही सुधार भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.७७ पैसा ऋणात्मकबाट बढेर ०.२६ पैसा ऋणात्मक भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ९५ पैसा रहेको छ।

 

तपाईको प्रतिक्रिया