अपी पावर कम्पनी लिमिटेडले समीक्षा अवधिमा कम्पनीले १४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ११.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले समीक्षा अवधिमा विद्युत् बिक्रीबाट ५१ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनी ३६ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले विद्युत बिक्रीको आम्दानी ४१.३५ प्रतिशतले बढाउन सफल भएको छ।

चुक्तापुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार बढेर २९ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जगेडामा २७ करोड ९ लाख रुपैयाँ थियो।

 

तपाईको प्रतिक्रिया