गत साउन २३ गतेदेखि एनएमबि क्यापिटल लिमिटेडले गत साउन २३ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ दरको १२ करोड इकाइ निष्कासन गर्न गरेको छ। यो योजनाका इकाइहरु आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
निष्कासन गरिका कुल इकाइमध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्ध्धक कम्पनी एनएमबि बैंक र १ प्रतिशत इकाइ अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

Online Arthik










