
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले गत भाद्र ०९ गतेदेखि १७ गतेसम्म पूर्वका बिभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको छ । भाद्र १२ गते षडानन्द नगरपालिकामा नगरपालिकाका उपमेयर, वडा अध्यक्ष तथा स्थानिय कृषकहरु समेत गरी ३८ जना सहभागीहरुलाई समावेस गरी कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
त्यसैगरी, भाद्र १३ गते संखुवासभाको धर्मदेवी नगरपालिकामा सो नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष तथा स्थानिय किसान समेत गरी ४० जना सहभागीहरुलाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
त्यसैगरी, भाद्र १५ गतेदेखि १७ गतेसम्म झापाको दमक नगरपालिकामा ३५ जना सहभागीहरुलाई ३ दिने निर्जिवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ ।
उल्लेखित कार्यक्रमहरुमा कम्पनीका सहायक महाप्रबन्धक श्री नबराज तिमिल्सेनाले तालिम तथा प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमको व्यबस्थापन कम्पनीका स्थानिय शाखा कार्यालयहरुले गरेका थिए ।