हिमालयन पावर पार्टनर लिमिटेडले समीक्षा अवधिमा घाटा व्यहोरेको छ। यो अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको छ।

पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ। सञ्चालन मुनाफा पनि १ करोड २४ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.७८ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो १६८.६८ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.२२ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया