आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले समीक्षा अवधिमा संस्थाले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५४.१६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १५ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १० करोड ८ लाख रुपैयाँ भएको छ।

पहिलो त्रैमासमा संस्थाले १७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १२ करोड ७१ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ३७.६६ प्रतिशतले उकालो लागेको छ।

पहिलो त्रैमासमा संस्थाको एनपीएल सामान्य बढेर ०.०७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०.०५ प्रतिशत थियो।

वार्षिकीकृत संस्थाको ईपीएस ५४.१७ प्रतिशतले बढेर ३५.०९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २२.७६ रुपैयाँ थियो। पीई रेसियो २३.७७ गुणा र प्रतिसेयर नेटवर्थ २७५.३० रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया