नबिल इनभेस्टमेन्ट बैंकिङ कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको नबिल फ्लेक्सी क्याप फन्डका इकाइहरु गत कात्तिक २३ गतेबाट बिक्री खुला गरिएको थियो। जसअनुसार नबिल इनभेस्टमेन्ट बैंकिङले १० रुपैयाँ अंकित दरका कुल ७ करोड ७५ लाख इकाइ निष्कासन गरेको छ
यो फन्डको निष्कासन बन्द छिटोमा आज कात्तिक २७ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब मंसिर ७ गते बैंकिङ समयसम्म बिक्री खुला गरिएको योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ।
यस योजनाका कुल इकाइमध्ये बीज पुँजीबापत १ करोड १२ लाख ५० हजार इकाइ वा कुल निष्कासन गरिने इकाइ संख्याको न्यूनतम १५ प्रतिशत काइमध्ये कोष प्रवर्द्धक नबिल बैंकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाइ तथा योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई १ प्रतिशत वा ७ लाख ५० हजार इकाइ सुरक्षित राखिएको छ। बाँकी ६ करोड ३७ लाख ५० हजार इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाइ बिक्री खुला गरिएको छ।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ७५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ।
यो खुलामुखी योजना हो। यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत भदौ २७ गते निष्कासनको अनुमति दिएको थियो।

Online Arthik










