सूर्या लाइफ इन्स्योरेन्स गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख ९६ हजार रुपैयाँ र बीमालेख धितोमा २ अर्ब ७ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरी ५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि ८२.५४ प्रतिशतले बढेर २० करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँ, बीमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १८ करोड १४ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात ११.९० गुणा रहेको छ ।

 

तपाईको प्रतिक्रिया