
मर्जरमा जान लागेको मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएका छन् । मेगा बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा र इन्भेष्टमेन्ट बैंक ले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पुस ७ गते बिहान १० बजे बार्षिक साधारण सभा बोलाएका छन्
मेगा बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा र इन्भेष्टमेन्ट बैंक ले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे बार्षिक साधारण सभा बोलाएका छन् ।
दुबै बैंकको सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछन् । सभाले मेगा बैंकको १०० कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर हुने गरी एक आपसमा गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै दुबै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश समेत पारित गर्नेछ ।
मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख रुपैयाँको ४ प्रतिशतले हुने आउने ६४ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र ३।७९ प्रतिशतले हुने आउने ६१ करोड २ लाख रुपैयाँ ९कर सहित० नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।