इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरुभएको छ । प्रि ओपन सेसनमा इस्टर्नको पहिलो कारोबार प्रतिकित्ता २१६ रुपैयाँमा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ७२ रुपैयाँ ३३ पैसादेखि अधिकतम २१६ रुपैयाँ ९९ पैसा तोकेको थियो ।

इस्टर्नको चुक्ता पुँजीका आधारमा कायम ६२ लाख कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘इएचपीएल’ संकेतबाट यसको सेयर कारोबार सुरु भएको हो ।

पिपुल्स हाइड्रोपावरको प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा खुला भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ तोकेको थियो । ‘पीएचसीएल’ संकेतमा कारोबार खुला भएकोछ ।

 

तपाईको प्रतिक्रिया