एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सोही बैठकले कम्पनीको १० औँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय पनि गरेको छ।
सोही सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५।२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९३५।४२ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

तपाईको प्रतिक्रिया