
युनाइटेड इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।
सभाले कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।